प्रतिनिधिसभाः विनियोजन विधेयक स्वीकृत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभाः विनियोजन विधेयक स्वीकृत


२९ भाद्र २०७८, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।

बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरोध कायमै राखेका थिए । उक्त प्रस्तावलाई स्वीकृत गर्नुपूर्व बैठकमा विधेयकउपर सैद्धान्तिक छलफल भई उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । सैद्धान्तिक छलफलमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र भाग लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस