प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित « प्रशासन
Logo १९ मंसिर २०७८, आइतबार
   

प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित


२९ भाद्र २०७८, मंगलबार


काठमाडौँ । बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।

मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस