नोबेल शिक्षण अस्पतालले थाल्यो मिर्गौला प्रत्यारोपण सेवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नोबेल शिक्षण अस्पतालले थाल्यो मिर्गौला प्रत्यारोपण सेवा


२९ भाद्र २०७८, मंगलबार


विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश नं. १ मै पहिलो पटक मिर्गौला  प्रत्यारोपण सेवा सुरु गरेको छ ।

शिक्षण अस्पतालले धरान-६ का ३३ वर्षीय टेकनाथ भुर्तेलको मिर्गौला प्रत्यारोपण गरेको हो ।

उनी डेढ वर्षदेखि डाइलासिस गराउँदै थिए । उनलाई पत्नी नन्दकुमारीको देब्रे मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालका सञ्चालक सुनिल शर्माले बताए ।

अस्पतालका यूरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक शैलेन्द्र श्रेष्ठको नेतृत्वमा गत शनिबार ४ घण्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।

प्रत्यारोपणमा सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक प्राडा प्रेम ज्ञावालीसहितको टोलीको सहकार्य थियो । प्रत्यारोपणपछि पतिपत्नी दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र एक साता भित्रमा दुवैलाई डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।

प्रत्यारोपण खर्च सबै गरेर ७ लाख रुपैयाँ लाग्ने सञ्चालक शर्माले बताए । उनका अनुसार अस्पतालले अब तीन सातामा अरु दुई जनाको मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस