एमालेबाट एकीकृत समाजवादीमा जान खोजेका दुई सांसदको मुद्दा संयुक्त इजलासमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एमालेबाट एकीकृत समाजवादीमा जान खोजेका दुई सांसदको मुद्दा संयुक्त इजलासमा


२९ भाद्र २०७८, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदको रिटमा अन्तरिम आदेशबारे छलफलका लागि सुनुवाइ तोकेको छ।

सुनुवाइका लागि सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलास तोकेको हो। उनीहरुको मुद्दा संयुक्त इजलासको एक नम्बरमा रहेको छ।

निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै २३ भदौमा एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट सर्वोच्च पुगेका थिए।

रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको थियो।

२७ भदौमा न्यायाधीश मिरा खड्काको एकल इजलासले आज (मंगलबार) का लागि छलफलमा बोलाउने आदेश दिएको थियो। आदेशमा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गरेकोमा कुनै कारबाही नगर्न एमालेलाई आदेश गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस