चीनबाट ४४ लाख मात्रा खोप आउँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चीनबाट ४४ लाख मात्रा खोप आउँदै


२९ भाद्र २०७८, मंगलबार


काठमाडौँ । चीनबाट यही साताभित्र थप ४४ लाख मात्रा भेरोसेल खोप आउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले थप खोप आइपुग्ने जानकारी दिए। सरकारले चीनसँग खरिद गरेकोमध्ये ४४ लाख मात्रा भेरोसेल खोप आइपुग्ने उनले बताए ।

हिजो (सोमबार) पत्रकारसँगको कुराकानीमा सचिव पोखरेलले ढिलोमा शुक्रबारसम्म भेरोसेल खोप आइसक्ने जानकारी गराए । थप तीन लाख मात्रा खोप नेपाली सेनाका लागि आउने जानकारी उनले दिए ।

सरकारले पछिल्लो पटक चीन सरकारसँग खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये १६ लाख मात्रा आइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस