भारतमा फैलिरहेको निपाह भाइरसबाट नेपालमा पनि सङ्क्रमण हुन सक्ने खतरा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भारतमा फैलिरहेको निपाह भाइरसबाट नेपालमा पनि सङ्क्रमण हुन सक्ने खतरा


२९ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेपाल सरकारले भारतमा सङ्क्रामक रुप लिइरहेको निपाह भाइरसबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएको निपाह भाइरस भारतमा फैलिँदै गएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

सङ्क्रमित मध्ये ४५ देखि ७० प्रतिशत बढी मानिसको मृत्यु गराउन सक्ने भाइरस केही समय यता भारतमा देखिएको छ ।

नेपालसँगको खुल्ला सिमानाका कारण उक्त भाइरस नेपालमा पनि फैलिन सक्ने र महामारीको रुप लिन सक्ने चेतावनी पनि मन्त्रालयले दिएको छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले १० प्राणघातक रोग मध्येको एक निपाह पनि भएकाले उक्त रोगको मृत्यु दर ७० प्रतिशतसम्म रहेको बताएका छन् ।

नेपालमा अहिलेसम्म यो रोगका बिरामी फेला भने परेका छैनन् । ‘फूट ब्याट’ भनिने चमेरामा पाइने यो भाइरस चमेरोबाटै सुँगुर र बङ्गुरमा सरेको विश्वास गरिएको छ ।

सुँगुर र बङ्गुरबाट मानिसमा सर्ने गरेको यो रोगको लक्षणमा ज्वरो आउने, रिँगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वास प्रश्वासमा कठिनाइ हुने र टन्सिल हुने चिकित्सकहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस