निर्धारित मितिमा एनआरएनएको महाअधिवेशन गर्न माग « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

निर्धारित मितिमा एनआरएनएको महाअधिवेशन गर्न माग


२९ भाद्र २०७८, मंगलबार


एनआरएनए

बर्लिन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले निर्धारित मितिमा एनआरएनएको १०औँ महाअधिवेशन एवं निर्वाचन सम्पन्न गराउन नेपाल सरकारसँग माग गरेका छन्।

अध्यक्ष पन्तले वर्तमान कार्यसमितिले संस्थागत सुधारका लागि विशेष अधिवेशन गरेर नयाँ विधान संशोधन गरेको र त्यही विधानका आधारमा महाधिवेशन गर्न लागेको समेत जानकारी दिए । उनले भने, ‘निर्वाचनमा सहभागी हुने प्रतिनिधिको प्रारम्भिक नामावली मात्र सार्वजनिक भएको छ । दाबी विरोधको समय छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस