अमेरिकाले दियो नेपाललाई २३१ रनको लक्ष्य « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अमेरिकाले दियो नेपाललाई २३१ रनको लक्ष्य


२८ भाद्र २०७८, सोमबार


काठमाडौँ । अमेरिकाले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई दुई सय ३१ रनको लक्ष्य दिएको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा अमेरिकाले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै दुई सय रन बनायो ।

अमेरिकाका लागि मोनान्क पटेलले शतकीय पारी खेले । एक सय १४ बल खेलेका पटेलले एक छक्का र नौ चौकाको मद्दतमा एक सय रन बनाएर आउट भए ।

बलिङतर्फ नेपालका विक्रम सोब, सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट लिए ।

लिगमा नेपाल चार खेलमा चार अङ्क जोडर नेपाल छैटौँ स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १२ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

नेपालले दोस्रो खेलमा भोलि मङ्गलवार ओमानसँग खेल्नेछ । यस्तै तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस