वाग्मतीमा नयाँ सरकार बनाउने जिम्मा पाण्डेलाई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वाग्मतीमा नयाँ सरकार बनाउने जिम्मा पाण्डेलाई


२८ भाद्र २०७८, सोमबार


मकवानपुर । नेकपा (एकीकृत समाजवादी)वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ ।

आज बसेको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाललाई चयन गरेको छ । खनाललाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकासमन्त्री बनाएकी थिइन् । उनले निर्वाचन आयोगमा एकीकृत समाजवादी रोज्ने भन्दै सनाखत गरेका थिए भने त्यसको भोलिपल्ट मन्त्री पदबाट राजीनामा दिएका थिए ।

आजको बैठकले प्रमुख सचेतकमा मनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईँलाई सर्वसम्मत रूपमा चयन गरेको नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशका नवनियुक्त सचेतक हुमागाईँले जानकारी दिइन् । संसदीय दलको हिजो बसेको पहिलो बैठकले राजेन्द्रप्रसाद पाण्डेलाई दलको नेतामा चयन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस