जनकपुरधाममा नेपाल-भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जनकपुरधाममा नेपाल-भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न


२८ भाद्र २०७८, सोमबार


जनकपुरधाम । नेपाल तथा भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक जनकपुरधाममा सम्पन्न भएको छ ।

नेपालको तर्फबाट प्रदेश–२ का चार जिल्ला र भारतको तर्फबाट बिहारका केहि जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा बसेको बैठकले दुई देशको सुरक्षा सम्बन्धमा छलफल भएको छ ।

बिहारमा आगामी सेप्टेम्बर २९ तारेखदेखि हुन लागेको ग्राम पञ्चायतको निर्वाचनलाई लक्षित गरी संयुक्त बैठक आयोजना गरिएको थियो । बैठकले नेपालको तर्फबाट मदिरा र भारतको तर्फबाट लागूऔषध नियन्त्रण गर्नुपर्ने बिषयमा छलफल गरेको छ ।

बिहारमा हुने चुनावको ४८ घण्टाअघिदेखि दुबै देशको सीमा सिल गर्ने निर्णयसमेत भएको छ ।

चुनावमा मदिराले अवाञ्छित गतिविधी गर्न सक्ने भएकाले त्यसको निर्णय गर्न भारतीय पक्षका अधिकारीले आग्रह गरे र लागूऔषधले नेपालमा धेरै नकारात्मक प्रभाव पारिरहेकाले त्यसको नियन्त्रण गर्न आग्रह गरेको छ । दुबै पक्ष यसलाई नियन्त्रण गर्ने बिषयमा सहमत भएको छ ।

भारतीय पक्षले सप्तरीमा कोशी पश्चिमी नहरको मर्मत सम्भार गर्दा बाटो नै अवरुद्ध भएकाले त्यो खुलाइदिन पनि आग्रह गरेको बताइएको छ ।

बैठकमा सप्तरीसहित सिरहा, धनुषा र महोत्तरीका सुरक्षा अधिकारी तथा भारतको दरभंगा र मधुवनीका सुरक्षा अधिकारीको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस