सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु


२८ भाद्र २०७८, सोमबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर, दुर्गा पौडेल, प्रेम सुवाल र ज्ञानेन्द्रबहादुर कार्की सहभागी रहेका छन् ।

प्रमुख विपक्षी दल नेकपा एमालेका प्रतिनिधि भने बैठकमा सहभागी छैनन् । एमालेले आफू र सभामुखबीचको समस्यामा सर्वदलीय बैठक बोलाएको भन्दै उक्त बैठकमा सहभागी नहुने बताएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस