नेकपा एमाले सांसदको अवरोधकै बीच राष्ट्रियसभा बैठक सञ्चालन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेकपा एमाले सांसदको अवरोधकै बीच राष्ट्रियसभा बैठक सञ्चालन


२८ भाद्र २०७८, सोमबार


राष्ट्रियसभा

काठमाडौँ । नेकपा एमालेका सांसदको अवरोधकै बीच राष्ट्रियसभा बैठक सञ्चालन भएको छ ।

आज (सोमबार) नेकपा एमालेका सांसदले उठेर विरोध गरिरहेका बेला अध्यक्ष गणेश तिमिल्सिनाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित लोकसेवा आयोगसम्बन्धी विधेयक बैठकमा पेस गर्न अनुमति दिए ।

त्यसपछि बैठकमा एकीकृत समाजवादीका सांसद ठगेन्द्रप्रकाश पुरीले लोकसेवा आयोगसम्बन्धी प्रतिवेदन पेस गरे । बैठकको सुरुमा नै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।

तर अध्यक्ष गणेश तिमिल्सिनाले एमाले सांसदलाई ‘यहाँको कुरा सम्बन्धित सबैलाई जानकारी छ । ढिलो चाँडो निकास पनि आउने नै छ’ भन्दै बैठक अघि बढाएका हुन् । विधेयकको प्रतिवेदन पेस गरेपछि सोमबारको राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस