बास्कोटाको प्रश्न : एमसिसीमा भाङ खाएर हस्ताक्षर गरेको हो ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बास्कोटाको प्रश्न : एमसिसीमा भाङ खाएर हस्ताक्षर गरेको हो ?


२८ भाद्र २०७८, सोमबार


काभ्रे । नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफैले हस्ताक्षर गरेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा के–के छ भनेर सोध्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्।

नेकपा एमाले काभ्रेले बनेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै बास्कोटाले बुझ्दै नबुझी भाङ/धतुरो खाएर हस्ताक्षर गरेको हो ? भन्दै प्रश्न गरे।

सरकारले केहिदिन अघि मात्रै विवादित विषय बारे स्पष्ट पार्न अमेरिकी सरकारलाई प्रश्न सोधेको थियो । उनले प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा एमसिसीमा हस्ताक्षर भएको दाबी पनि गरे ।

यसैबिच सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवाद ओझेलमा पार्न चीनसँग टुंगिसकेको सीमा विवाद निकालेको बास्कोटाको आरोप छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पक्षपातपूर्ण व्यवहार गरेकाले उनलाई मान्न नसकिने समेत उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस