बाँकेमा बाघको आक्रमणमा परी एक जनाको मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बाँकेमा बाघको आक्रमणमा परी एक जनाको मृत्यु


२८ भाद्र २०७८, सोमबार


नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुम गाभरमा हिजो (आइतबार) राति बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

राजमार्गको छेउबाटै बाघले ती व्यक्तिलाई झम्टिएर लगेको स्थानीयको भनाइ छ । मृत्यु हुने भारतीय नागरिक हुन् ।

बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहका अनुसार पूर्वी गाभरमा बाघ देखेपछि स्थानीयलाई पहिल्यै सतर्क गराइएको थियो । बाघको निगरानी गर्न क्यामेरासमेत राखिएको थियो ।

ती व्यक्तिलाई बाघले निकुञ्ज क्षेत्रमै आक्रमण गरेको हो ।

उनको शव आज (सोमबार) बिहान फेला परेको छ । सुस्त मनस्थितिका ती व्यक्ति लामो समयदेखि होटेलमा काम गरेर जीवन निर्वाह गर्दै आएका थिए । उनलाई स्थानीयले चाचा भनेर बोलाउँथे । बाँकेमा हाल २१ वटा बाघ रहेको निकुञ्जले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस