उत्तर कोरियाद्वारा लामो–दूरीको क्रुज मिसाइल परीक्षण « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

उत्तर कोरियाद्वारा लामो–दूरीको क्रुज मिसाइल परीक्षण


२८ भाद्र २०७८, सोमबार


काठमाडौँ । उत्तर कोरियाले लामो–दूरीमा हान्न सक्ने क्रुज मिसाइल परीक्षण गरेको छ । सो मिसाइलले जापानको अधिकांश क्षेत्रलाई निशाना बनाउन सक्ने उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले आज (सोमबार) बताएको हो ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार गएको सप्ताअन्तमा मिसाइल परीक्षण भएको हो । सो मिसाइल १५ सय किलोमिटर पर पुगेको उल्लेख छ ।

पछिल्लो पटक गरिएको परीक्षणले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावनालाई उल्लङ्घन नगरेको जनाइएको छ । विगतमा यस्ता परीक्षणले उत्तर कोरियामाथि कडा प्रतिबन्ध लागेको थियो।

तर पनि यस्तो अवस्थामा पनि आफ्नो देश हतियार विकास गर्न सक्षम रहेको उत्तर कोरियाले बताएको छ । उत्तर कोरियामा आर्थिक सङ्कटसँगै खाद्यान्नको अभाव भएको छ ।

पछिल्लो मिसाइल परीक्षण उत्तर कोरियाको सुरक्षा अवस्था मजबुत बनाउनका लागि रणनीतिक रुपमा महत्त्वपूर्ण रहेको केसिएनएले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस