नेपाली काँग्रेस इतर समूहको बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली काँग्रेस इतर समूहको बैठक बस्दै


२८ भाद्र २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर समूहका नेताहरुको बैठक आज (सोमबार) बस्दै छ।

पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सभापति देउवाले जबरजस्ती वडा अधिवेशन गराएको र प्रदेश २ लगायत कतिपय जिल्लाको क्रियाशील सदस्यता विवाद अझै टुङ्गो नलगाएको भन्दै इतर पक्षले आज छलफल गर्न लागेको हो।

इतर समूहको बैठक आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको वरिष्ठ नेता रामचन्द्र पौडेल निकट एक नेताले बताए। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको गतिविधिले १४औँ महाधिवेशन तोकिएकै समयमा हुने कुरामा आशङ्का बढाएको भन्दै छलफल गर्न लागिएको ती नेताले बताएका छन्।

उनका अनुसार पार्टीमा तुलनात्मक रुपमा आफू कमजोर भएको ठाउँमा देउवाले क्रियाशील सदस्यता विवाद टुङ्गो लगाउन रुचि देखाएका छैनन्। जसका कारण तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्ने कुरामा आशङ्का बढेको हो।

काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भदौ १८ गते वडा अधिवेशन सुरु भएको छ। केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ सम्म गर्ने कार्य तालिका छ ।

Tags :
प्रतिक्रिया दिनुहोस