संसद् अवरोध हटाउन सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसद् अवरोध हटाउन सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्दै


२८ भाद्र २०७८, सोमबार


काठमाडौँ । संघीय संसद् पटक पटक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गर्दै छन्।

सापकोटाले आज (सोमबार) दिउँसो साँढे २ बजे संघीय संसद् भवन नयाँबानेश्वरको लोत्से हलमा दलका संसदीय दलका नेताहरुसँग छलफल गर्न लागेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ ।

सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्त्वपूर्ण समसामयिक विषयमा केन्द्रित रहने न्यौपानेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस