इजरायल जाने नेपाली कामदारको भाषा परीक्षा आजदेखि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इजरायल जाने नेपाली कामदारको भाषा परीक्षा आजदेखि


२८ भाद्र २०७८, सोमबार


काठमाडौँ। इजरायलको रोजगारीमा जान चाहने नेपालीहरुको लागि आज (सोमबार) भाषा परीक्षा हुँदै छ । भाषा परीक्षाका लागि काठमाडौँमा ११ वटा केन्द्र तोकिएका छन् ।

परीक्षा व्यवस्थित र मर्यादित गर्न सर्वोच्च अदालतले समेत आदेश दिएको छ । इजरायलले नेपालबाट एक हजार कामदार लैजाने तयारी गरे अनुसार आज भाषा परीक्षण हुन लागेको हो ।

रोजगारीका लागि एक हजारको कोटा भए पनि ७ हजारले परीक्षा दिन लागेका छन् । परीक्षाका लागि ९ हजारले आवेदन दिए पनि २ हजार बढी आवेदन मापदण्ड नपुगेकोले अस्वीकृत भएका छन् ।

वैदेशिक रोजगारीका क्रममा जापान, कोरिया गइसकेका अधिकांश युवाहरुले फर्म भरेको बुझिएको छ ।

रोजगारीमा जाने नेपालीहरुको लागि ८० प्रतिशत भाषा परीक्षा र २० प्रतिशत अन्तर्वार्ता पास गर्नुपर्ने नियम लागु गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस