एमालेलाई वार्तामा आउन गृहमन्त्री खाँणको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेलाई वार्तामा आउन गृहमन्त्री खाँणको आग्रह


२७ भाद्र २०७८, आइतबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई वार्तामा आउन आह्वान गरेका छ ।

संवाद, छलफल र वार्ताको माध्यमबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन एमालेलाई आग्रह गरेका हुन् ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले भने, ‘म आग्रह गर्नु चाहन्छु, भएका मतभेदहरुलाई सुल्झाएर जाउँ । आज पनि सभामुखले बोलाउनुभयो, कानून मन्त्री र प्रतिपक्ष दलका माननीयहरुबीचमा संवाद भयो तर सहमति जुट्न सकेको छैन । भोलि पनि सभामुखले सबै दलका नेताहरुलाई बोलाउनु भएको छ । र, विश्वास गरौं, भोलि समस्या समाधान हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस