बीपी प्रतिष्ठानमा सुधारको माग गर्दै काम छाडेका चिकित्सक र कर्मचारी काममा फर्किए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बीपी प्रतिष्ठानमा सुधारको माग गर्दै काम छाडेका चिकित्सक र कर्मचारी काममा फर्किए


२७ भाद्र २०७८, आइतबार


विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुधारको माग गर्दै काम छाडेका चिकित्सक र कर्मचारी काममा फर्किएका छन् ।

एकसाता यता ओपिडी सेवा बन्द गरी आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारी काममा फर्किएका हुन् । तर उनीहरुले आन्दोलनलाई भने यथावतै राखेका छन् ।

सबै पक्षबाट अनुरोध भएका कारण आन्दोलनलाई परिमार्जन गर्दै काममा फर्किएको बताइएको छ ।

उपकुलपतिसहितका पदाधिकारीहरुको कार्यकक्षमा लागेको तालाबन्दी भने यथावत रहने संघर्ष समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस