२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षमा सातको ज्यान लियो सेती नदीले

अ+ अ-

डोटी । सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ । एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करिब ३९ वर्ष अघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको सो नदीले बर्सेनि यहाँका स्थानीयवासीको अकालमै ज्यान लिने गरेको छ ।

यसै क्रममा यही शुक्रबार मात्रै नुहाउने क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका प्राविधिक प्रहरी नायब निरीक्षक खडग भुल्यालका १८ वर्षीय छोरा पवन बेपत्ता भएका छन् । उनको खोजीका लागि ठूलो सङ्ख्यामा प्रहरी टोली तथा स्थानीयवासी परिचालन भए पनि अहिलेसम्म भेटाउन सकेको छैन् ।

सेतीमा पानीको बहाव बढी हुने भएकाले नदीमा नुहाउन गएका बगेर बेपत्ता हुने गरेका र कम्तीमा पनि एक हप्तापछि नदीमा तैरिएको अवस्थामा फेला पर्ने गरेको स्थानीयवासी भरत द्वारियाले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लका एक वर्षको अवधिमा सेतीमा नुहाउन गएर ज्यान गुमाउनेमा केआइसिंह गाउँपालिका–५ का ३८ वर्षीय लोकेन्द्रबहादुर रावल, शिखर नगरपालिका–४ की १६ वर्षीया धर्माकुमारी महरा, आदर्श गाउँपालिका–५ लामिखालका ४५ वर्षीय पुस्कर सिंह, आदर्श गाउँपालिका–६ गिरीचौकाकी अन्दाजी ३५ वर्षीया बसु अधिकारी, शिखर नगरपालिका–१० का अन्दाजी पाँच वर्षीय गोविन्द बलायर छन् ।

यसैगरी आदर्श गाउँपालिका–४ का ५२ वर्षीया मनी पार्की, दिपायल सिलगढी नगरपालिका–४ राजपुर घर भएकी आठ वर्षीया बालिका करिश्मा नेपाली सेतीमा नुहाउन गएका बेला बगेर ज्यान गुमाएका छन् । सेती नदीमा पानीको प्रवाह तीव्र भएका कारण नुहाउन जाँदा सामान्य लापरवाहीले डुब्ने गरेको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए । उनले भने, ‘सेती नदीको पानी अन्य नदीको तुलनामा बढी चिसो र तीव्र छ, त्यसले गर्दा अन्य नदीमा पौडी खेलेका व्यक्ति यस नदीमा छिट्टै डुब्ने गर्छन् र बेपत्ता हुने गरेका छन् ।’

सेतीमा बर्सेनि स्थानीयवासीको अकालमै ज्यान जान थालेकाले नदी किनाराका बस्तीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको दिपायल सिलगढी–४ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए । नदीमा मान्छे बेपत्ता हुनेदेखि नदी आसपासका बस्ती पनि नदी कटानको जोखिममा पर्दै आएका छन् । यहाँका दिपायल, समूहगाढ, कालागाढ, सिरखोलीसैन, भागेतडा, घोलतडा, नारिदाङ, बानीडुग्रीसैनलगायतका बस्ती निकै जोखिममा परेका छन् ।