उदयपुरमा विमानस्थलको काम प्रारम्भ गर्न पर्यटन मन्त्रालयले माग्यो बजेट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उदयपुरमा विमानस्थलको काम प्रारम्भ गर्न पर्यटन मन्त्रालयले माग्यो बजेट


२७ भाद्र २०७८, आइतबार


काठमाडौँ । उदयपुरमा निर्माण हुने भनिएको प्रस्तावित सगरमाथा विमानस्थलमा रहेको वन क्षेत्र व्यवस्थापनको काम प्रारम्भ गर्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बजेट माग गरेको छ ।

नेपाल सरकार (सचिवस्तर)बाट गत २२ गते निर्णय भएको भन्दै पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयसँग ५ करोड रुपैयाँ माग गरेको छ । प्रस्तावित विमानस्थल उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ र २ मा रहेको छ ।
प्रस्तावित विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकको प्रतिवेदन तयार भई वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत समेत भइसकेको छ । विमानस्थलको निर्माण कार्य प्रारम्भ गर्न सो क्षेत्रमा वन व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

वन व्यवस्थापन कार्य प्रारम्भ गर्न तत्कालै ५ करोड रुपैयाँ आवश्यक पर्ने भन्दै नागरिक उड्डयन प्राधिकरणको आग्रहपछि पर्यटन मन्त्रालयले बजेट माग गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस