संसद् अवरोध जारी राख्न एमाले सांसदलाई अध्यक्ष ओलीको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संसद् अवरोध जारी राख्न एमाले सांसदलाई अध्यक्ष ओलीको निर्देशन


२७ भाद्र २०७८, आइतबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा नेकपा एमाले फुटाउने षडयन्त्रमा लागेकाले संसद् अवरोध जारी राख्न आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

आज आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसदीय मर्यादाभित्र रहेर संसद् अवरोध जारी राख्न निर्देशन दिएका हुन् ।

‘अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस्’, ओलीले भने, नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुस् ।’ उनले शुक्रबार केही सांसदले सभामुखलाई माइकले हान्ने योजना रहेको भनेर बोलेको सुनेको भन्दै त्यस्तो योजना नभएको दाबी गरे ।

उनले वर्तमान गठबन्धन सरकार स्वेच्छाचारी ढङ्गले अघि बढेको भन्दै घण्टाघर नबनाउने बरु भत्काउन सक्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस