सत्ता गठबन्धन बैठक : संसद्को अवरोधका विषयमा छलफल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सत्ता गठबन्धन बैठक : संसद्को अवरोधका विषयमा छलफल


२७ भाद्र २०७८, आइतबार


काठमाडौँ। सत्ता साझेदार पाँच दलको बैठक बैठक सकिएको छ ।

आज (आइतबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषय भने प्रवेश नगरेको बालुवाटार स्रोतले जनाएको छ ।

‘संसद्को अवरोध कसरी हटाउने, सामूहिक प्रयासबाट अवरोध हटाउन नसके कसरी अघि बढ्ने भन्ने विषयमा आजको बैठकमा छलफल भएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘प्रतिपक्षीले अवरोध जारी राख्ने र पूरा गर्न नसकिने माग जारी राखेमा के गर्ने भन्ने विषयमा छलफल भएको छ ।’

स्रोतले संसद्मा प्रस्तुत हुने रणनीतिका विषयमा छलफल भए पनि ठोस निर्णयमा पुगि नसकेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस