इराकमा अमेरिकी सैनिक क्याम्पलाई लक्षित गरी ड्रोन आक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इराकमा अमेरिकी सैनिक क्याम्पलाई लक्षित गरी ड्रोन आक्रमण


२७ भाद्र २०७८, आइतबार


काठमाडौँ । उत्तरी इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै अमेरिकी सैन्य क्याम्प नजिकै ड्रोन आक्रमण भएको छ ।

सुरक्षा बलले दिएको जानकारी अनुसार इराकको कुर्दिस प्रान्तको राजधानी सहर एर्बिलस्थित विमानस्थलनजिकै हिजो (शनिबार) उक्त आक्रमण भएको हो । यसअघि आन्तरिक सुरक्षा बलले भने विमानस्थलनजिकै तीन वटा रकेट आक्रमण भएको बताएको थियो ।

अर्को एक विज्ञप्तिमा कुर्दिस सुरक्षा बलले यो आक्रमण ड्रोनमा विस्फोटक सामग्रीको प्रयोग गरी गराइएको बताएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार शनिबार उक्त क्षेत्रमा कम्तीमा ६ वटा विस्फोटको आवाज सुनिएको थियो ।

पछिल्लो एक वर्षमा एर्बिलको विमानस्थलमा धेरै पटक आक्रमण भएको छ । जसमा केही आक्रमण ड्रोनको प्रयोग गरेर गरिएको थियो । अमेरिकी अधिकारीले इराकको सिया समुदायका मुस्लिम सङ्गठनले उक्त आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।

यद्यपि, यो घटनाको जिम्मेवारी भने कसैले लिएको छैन । अहिले इराकमा आतङ्कवाद विरोधी कार्यक्रम अन्तर्गत २५ सय अमेरिकी सेना इराकमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस