सङ्खुवासभा हत्याकाण्ड : हत्यामा आरोपित एक जना सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सङ्खुवासभा हत्याकाण्ड : हत्यामा आरोपित एक जना सार्वजनिक


२७ भाद्र २०७८, आइतबार


काठमाडौँ । सङ्खुवासभामा ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई आज (आइतबार) सार्वजनिक गरेको छ।

मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आज (आइतबार) सार्वजनिक गरेको हो।

प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

घटनामा प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, सङ्घीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली खटिएको थियो।

गत सोमबार उम्लिङमा तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस