सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु, सरकार विस्तारबारे छलफल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु, सरकार विस्तारबारे छलफल


२७ भाद्र २०७८, आइतबार


काठमाडौँ । सत्ता साझेदार पाँच दलको बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू सहभागी रहेका छन् । बैठकमा सरकार विस्तारबारे छलफल हुने बताइएको छ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई महिना बित्न लाग्दा पनि गठबन्धनले मन्त्रीमण्डल विस्तार गर्न सकिरहेको छैन ।

गत शुक्रवार बसेको बैठकमा प्रधानमन्त्री देउवाले शीर्ष नेताहरूलाई आफ्नो दलबाट मन्त्रीहरूको नाम दिन आग्रह गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस