पोखरा वृद्धाश्रमलाई अक्सिजन हस्तान्तरण « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

पोखरा वृद्धाश्रमलाई अक्सिजन हस्तान्तरण


२७ भाद्र २०७८, आइतबार


गण्डकी । रोटरी क्लब अफ पोखराले सीतापाइलास्थित पोखरा वृद्धाश्रमलाई अक्सिजन मेसिन उपलब्ध गराएको छ ।

अमेरिकामा निर्मित सो मेसिनले प्रतिघण्टा १० लिटर अक्सिजन उत्पादन गर्न सक्ने जनाइएको छ । क्लबका अध्यक्ष निर्मल कर्माचार्यले आश्रमका अध्यक्ष कुसुम केशव पराजुलीलाई सो उपकरण हस्तान्तरण गरे।

कार्यक्रममा अध्यक्ष कर्माचार्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको रोटरीले यसअघि पोखरा–१७ नगर स्वास्थ्य चौकी, डेभिजफल युवा क्लब, भलाम, निर्मलापोखरी, भरतपोखरीलगायत मुस्ताङमा समेत आवश्यकताअनुसार अक्सिजन सिलिन्डरसमेत वितरण गरेको जानकारी दिए ।

उनका अनुसार क्लबको रु आठ लाख सहयोगमा मुटु रोग उपचारका लागि पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा ‘क्याथ ल्याब’ स्थापना गरी सञ्चालनको तयारी गरिएको छ । यसै गरी महिलाका सहभागितामा रु १० लाख मास्क उत्पादन गरी कास्कीका विद्यालयलाई निःशुल्क वितरण गर्ने लक्ष्य रहेको बताइएको छ । क्लबले स्तन क्यान्सरका बिरामीका उपचारमा समेत सहयोग गर्ने अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

वृद्धाश्रमका अध्यक्ष पराजुलीले आश्रममा ५५ आश्रित रहेका जानकारी दिँदै उनीहरुलाई कोभिडविरुद्धको खोप लगाएको बताए । कार्यक्रममा नेपाली काँग्रेस पोखरा–१७ एकाइ सभापति देवराज आचार्य, पुण्डरी बराल, माधव बराल, सञ्चारकर्मी हरि बाँस्तोला, समाजसेवी श्यामप्रसाद शर्मालगायतले समाज सेवामा सामूहिक सहकार्य आवश्यक रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस