सत्ता गठबन्धनको बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सत्ता गठबन्धनको बैठक बस्दै


२७ भाद्र २०७८, आइतबार


काठमाडौँ। सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक आज (आइतबार) बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको अनुसार बैठक बिहान १० बजे बस्ने छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, सत्ता सञ्चालन तथा अमेरिकी सहयोग परियोजनालगायत विषयमा छलफल हुँदै छ ।

‘विषय त अहिले सतहमा देखिएका सरकार विस्तारलगायत समसामयिक हुन्,’ भानु देउवाले भने ।

यसअघिको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले दलका शीर्ष नेताहरुसँग पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीको नाम मागेका थिए । तर, दलहरुले नाम उपलब्ध गराउन सकेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस