एमसीसी उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच भेटवार्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एमसीसी उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच भेटवार्ता


२६ भाद्र २०७८, शनिबार


काठमाडौँ । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । उपाध्यक्ष सुमार अर्थमन्त्री शर्मालाई भेट्न शनिबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेकी हुन् ।

बिहीबार काठमाडौँ आएकी सुमारले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहिलो भेट गरेकी थिइन् ।

तइसैगरी उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साथै जनता समाजवादीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई तथा अर्का अध्यक्ष उपेन्द्र यादव लगायतसँग भेट गरेकी थिइन् ।

शनिबारको भेटमा उपाध्यक्ष सुमारले संसदबाट यथाशिघ्र एमसीसी अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । जवाफमा अर्थमन्त्री शर्माले एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय अहिले छलफलकै क्रममा रहेको बताएका छन् ।

एमसीसी परियोजना लागु गर्न नहुने भन्दै विभिन्न संघ, संगठन र बुद्धिजिविहरुको चर्को विरोधका बीच एमसीसी उपाध्यक्ष सुमारसहितको उच्चस्थरीय टोली चार दिने भ्रमणकालागि बिहीबार काठमाडौँ आएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस