सभापतिको दौडबाट पछि हट्दिनः महामन्त्री कोइराला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सभापतिको दौडबाट पछि हट्दिनः महामन्त्री कोइराला


२६ भाद्र २०७८, शनिबार


चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् ।

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन्।

उनले भने, ‘हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछु ।’ महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताए ।

उनले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१-२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको जानकारी दिए । क्रियाशीलको अन्तिम टुङ्गो छिट्टै लाग्ने उनले जानकारी दिए ।

एक फरक प्रसङ्गमा महामन्त्री कोइरालाले कम्युनिष्ट उच्छृङ्खल चरित्रका हुन्छन् भन्ने उदाहारण हिजो संसद्मा भएको घटनाले पुष्टि गरेको बताए । विपक्षीको धर्म विरोध गर्ने भए पनि हिजोको घटनाले संसद्को गरिमामाथि आँच आउने काम भएको बताउँदै उनले भने, ‘उच्छृङ्खल चरित्रले कम्युनिष्ट पार्टीहरु चलिरहेका छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस