गृहमन्त्रीको सहयोगमा युवालाई प्रहरी जवानमा भर्ना गरिदिएको स्टाटस लेख्ने व्यक्ती पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गृहमन्त्रीको सहयोगमा युवालाई प्रहरी जवानमा भर्ना गरिदिएको स्टाटस लेख्ने व्यक्ती पक्राउ


२६ भाद्र २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूबाट सिफारिस गराएका गाउँका युवाहरूको नेपाल प्रहरीको जवान पदमा नाम निकालिदिएको स्टाटस लेख्ने व्यक्त पक्राउ परेका छन् ।

पक्राउ पर्ने प्युठानको ऐरावती गाउँपालिका–१ का ३० वर्षीय नरेन्द्र गुरुङ रहेका छन् । उनले गृहमन्त्री बालकृष्ण खाँणको सहयोगमा प्युठानका ११ जना र देशभरबाट ४१ जनाको नाम निकाल्न सफल भएको फेसबुकमा लेखेका थिए ।

गुरुङले प्युठानबाट काँग्रेसका उपसभापति बद्री लम्सालले सिफारिस गरेको र युवाहरूलाई नाम निकाल्न गृहमन्त्री खाँणले सहयोग गरेको उल्लेख गरेका थिए । सहयोगका लागि भन्दै गृहमन्त्री खाँणलाई फेसबुकमै धन्यवाद दिएका थिए ।

पक्राउ परेका गुरुङलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस