देखाउने फेमिनिजम « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

देखाउने फेमिनिजम


२६ भाद्र २०७८, शनिबार


मनमा लैंगीक द्वेष राखी

कृयया म फेमिनिस्ट हुँ नभन

बरु म माईजोगिनिष्ट हुँ भन

तिमिले साँचो बोल्दिदा

तिमीले यथार्थ स्विकार्दिदा

निकै सजिलो हुन्छ व्यवहार गर्न।

तिमीले महिलावादि भाषण छाट्दै

लींगभेद मुक्तिको स्टाटस छाप्दै

जब कोहि महिलालाई अगाडी बढ्न बाट रोक्छौ

सोहि बमोजिम

कोहि पुरुषलाई कोमल बन्नबाट छेक्छौ

तब समाजमा जन्मन्छ अनौठो बिद्रोह

श्रीमती कुट्ने निउ गरी

परिवारमा छिर्छ अनौठो लालासा

श्रीमानले जसरी पनि कमाउनैपर्ने बिउ गरी

अनि मानव सभ्यतामा पस्छ अराजकता

हिंसा, बलात्कार, भ्रष्टाचार र अहंकार

लैंगीक भूमिकाको भेष धरी

त्यसैले आज यहि तिजदेखि

महिला र पुरुष दुबैलाई स्वकार्दै

तीजलाई श्रृंगार र प्रेमको रुपमा मात्र नभई

सह-अस्तित्व र समन्याय अंगाल्दै

पुरुषलाई पनि मन दुख्दा रुन

महिलालाई पनि भो अब सक्दिन भन्न

स्वतन्त्रता एवं छुट दिनुपर्छ।

पुरुषले ईच्छाएमा हाउसहसबेन्ड र

महिलाले चाहेमा ब्रेड वीनर बन्न दिनुपर्छ।

बिश्वबन्धुत्व मात्र किन

सिस्टरहुडलाई पनि मान्नुपर्छ,

अनि एक-अर्काको भर्याङ बनि

महिलाले नै महिलाको मुकुटको मुँगा सजाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस