बालुवाटारमा एमसीसी उपाध्यक्ष फातिमा र प्रधानमन्त्री देउवाबीच भेटवार्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बालुवाटारमा एमसीसी उपाध्यक्ष फातिमा र प्रधानमन्त्री देउवाबीच भेटवार्ता


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।

एमसीसी उपाध्यक्ष फातिमाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवसाँ भेट गरेकी हुन् ।

भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल–अमेरिका सहयोगबारे छलफल भएको प्रधामन्त्री देउवाले बताएका छन् । फातिमाले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर एमसीसीबारे छलफल गरेकी थिइन् ।

उनले आज नै जलस्रोत तथा उर्जामन्त्री पम्फा भुसाललाई समेत भेटेकी थिइन् । यस्तै उपाध्यक्ष फातिमाले हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल ९जसपा० का उपेन्द्र यादव र डा। बाबुराम भट्टराईसँग भेटवार्ता गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस