मेलम्चीको पानी आगामी चैतसम्म फेरि ल्याउने सरकारको घोषणा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मेलम्चीको पानी आगामी चैतसम्म फेरि ल्याउने सरकारको घोषणा


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । सरकारले २०७८ चैतसम्म मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने घोषण गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा २०७८ चैत मसान्तसम्म काठमाडौँमा फेरि पानी झार्ने उल्लेख छ ।

गत असार १ गते आएको बाढीका कारण खानेपानी आयोजनामा क्षती पुगेका कारण अहिले खानेपानी आयोजनाबाट काठमाडौँमा पानी ल्याउने कार्य रोकिएको छ । त्यसका लागि पर्याप्त बजेट व्यवस्था गरेको शर्माले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस