पछिल्लो २४ घण्टामा थप ११४६ कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप ११४६ कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमित २७ हजार ९५८ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस