अर्थमन्त्रीद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अर्थमन्त्रीद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा चालु आव २०७८.७९ को राजस्व र आयव्ययको अनुमानित आयव्यय परिमार्जनसहित प्रस्तुत गरेका हुन् ।

उक्त विधेयकमा बहुआयामिक गरिबी घटाउने, उच्च आर्थिक दर कायम गर्ने र समावेशी आर्थिक नीति अवलम्बन गर्नेलगायत महत्वपूर्ण विषय समावेश रहेको छ । विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।

प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध र नाराबाजीका बीच उनले उक्त विधेयक प्रस्तुत गरेका हुन्। सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदले यसअघि झैँ उठेर रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस