एमालेको विरोधकाबीच राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमालेको विरोधकाबीच राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा नेकपा(एमाले)का सांसदको बिरोधकाबीच राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेश भएको छ ।

विरोधकाबीच अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश पेश गर्न समय दिएका थिए । यसअघि अध्यक्ष तिमल्सिनाले आजको बैठकको कार्यवाही सुरु गर्ने वित्तिकै नेकपा एमालेका सांसदले उठेर विरोध जनाएका थिए । अध्यक्ष तिमल्सिनाले एमाले सांसद देवेन्द्र दाहाललाई समय दिएका थिए ।

सभामुख र निर्वाचनआयोगसँगमिलेर नेकपा एमालेलाई कमजोर बनाउने, टुक्राउने षड्यन्त्रमा लागेको आरोप सांसद दाहालले लगाए । पार्टीले कारवाही गरेका १४ जनालाई सांसदको मान्यता दिन नहुने पूर्व माग आज पनि बैठकमा एमाले सांसदले राखेका थिए ।

अध्यक्ष तिमल्सिनाले आफ्नो भनाइमार्फत् सदन र आम नेपालीको ध्यानाकर्षण गराएकाले बसेर सदनचलाउने वातावरण बनाइदिन आग्रह गरेका थिए । अध्यक्षको आग्रह सांसदले नमानेपछि विरोधकाबीच अध्यादेश पेश भएको हो ।

विरोधकाबीचबैठकले संविधानसभा सदस्यद्वय जुठबहादुर खड्गी (जेबी टुहुरे) र महेन्द्र शेरचनको निधनमाशोक प्रस्तावपारित गरेको थियो । सभाको अर्को बैठक भदौ २८ गते सोमबार १ बजे बस्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस