एमाले सांसदको नाराबाजीपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले सांसदको नाराबाजीपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेले आजको संसद् बैठक सुरु हुनासाथ अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ गरे लगत्तै एमाले सांसदहरूले बेल घेराउ गरेका हुन् ।

सरकारले आजको संसद् बैठकमा चालु वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने तयारी गरेको छ ।

गत बुधवार नै बजेट अध्यादेश संसदमा पेस गर्ने कार्यसूची भए पनि एमालेको अवरोधका कारण हुन सकेको थिएन । अस्ति एमालेको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस