सि जिनपिङ र बाइडेनबीच टेलिफोन वार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सि जिनपिङ र बाइडेनबीच टेलिफोन वार्ता


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच आज (शुक्रबार) टेलिफोन वार्ता भएको छ । पछिल्लो सात महिनामा दुई नेताबीच पहिलो पटक टेलिफोन वार्ता भएको हो ।

ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुई नेताबीच दुई देशका चासोका विषयहरुमा वृहत्, रणनीतिक छलफल भएको बताएको छ । बाइडेन राष्ट्रपति पदमा निर्वाचित भएपछि दुई नेताबीच संवाद भएको यो मात्र दोस्रो अवसर हो ।

व्यापार, जासुसी र महामारीका विषयलाई लिएर पछिल्लो समय दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेको छ । ‘सो छलफल अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई जिम्मेवारीपूर्ण ढङ्गले व्यवस्थापन गर्ने अमेरिकाको प्रयासको अन्तरगत रहेको थियो,’ ह्वाइट हाउसको भनाइ छ, ‘दुई नेताले दुई देशको जिम्मेवारीको बारेमा चर्चा गर्दै प्रतिस्पर्धा सङ्घर्षको दिशामा अघि नबढोस् भन्नेमा छलफल गरेका छन् ।’

यसअघि, दुई देशबीच भएको उच्च स्तरीय वार्ता तनावपूर्ण बनेको थियो । दुवै देशका अधिकारीहरुले एक अर्काप्रति तिखो टिप्पणी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस