पत्रकारमाथि तालिबानको निर्घात कुटपिट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पत्रकारमाथि तालिबानको निर्घात कुटपिट


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । अफगानिस्तानमा तालिबानले पत्रकारमाथि निर्घात कुटपिट गरेका छन्।

तालिबानको विरोधमा महिलाहरुले गरेको प्रदर्शनको भिडियो खिचेका स्थानीय पत्रकारलाई तालिबानले कुटपिट गरेर रगताम्य बनाएका हुन् ।

काबुलको इटिलाट्रोज पत्रिकाका दुई पत्रकार टाकी डारयाबी र फोटो पत्रकार नेमातुल्लाह नाकबीलाई तालिबानले कुटपिट गरेको बीबीसीले जनाएको छ।

महिलाहरुले गरेको प्रदर्शनको कभरेज गरिरहेका बेला उनीहरुलाई स्थानीय प्रहरी चौकीमा लगेर कुटिएको उनीहरुले बिबिसीलाई बताएका छन्। कुटपिट पछि बिना कुनै जानकारी उनीहरुलाई तालिबानले छोडिदिएको बताइएको छ।

तालिबान लडाकुले महिलाको प्रदर्शनको तस्वीरलाई क्यामराबाट हटाइदिएको बताए। आफुहरुलाई किन पिटेको भनेर सोध्दा एक तालिबान लडाकुले तिमीहरु भाग्यमानी छौ की तिमीहरुको टाउको चुँडाइएको छैन भन्ने जवाफ दिएको पीडित पत्रकारले बताएका छन्।

पछिल्लो दुई दिनमा अफगानिस्तानमा १४ पत्रकारलाई हिरासतमा लिएर छोडिएको अन्तर्राष्ट्रिय गैर सरकार संस्था द कमिटी टु प्रोटेक्ट जर्नालिष्टले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस