मेलम्ची बाढी प्रभावितलाई रु १० लाख सहयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेलम्ची बाढी प्रभावितलाई रु १० लाख सहयोग


२५ भाद्र २०७८, शुक्रबार


सिन्धुपाल्चोक । एक्सपर्ट एजुकेसन तथा भिजा सर्भिसअन्तर्गत एक्सपर्ट फाउन्डेसनले मेलम्ची बाढी प्रभावितलाई रु १० लाख सहयोग गरेको छ ।

अस्ट्रेलियाका विभिन्न राज्यमा रहेका विभिन्न शाखामा कार्यरत कर्मचारीले स्वेच्छाले बाढी प्रभावितका लागि सहयोग गरेका हुन् ।

सङ्कलित रकमलाई दोब्बर बनाएर एक्सपर्ट फाउन्डेसनले रु १० लाख बनाई सहयोग रकम पठाएको फाउन्डेसनका अध्यक्ष रोशन कँडेलले जानकारी दिए । सहयोगका लागि सम्पूर्ण शाखा र फाउन्डेसनबीचको समन्वय एक्सपर्टका ग्रुप जनरल व्यवस्थापक मञ्जित घिमिरे र मेलबर्न शाखाका निर्देशक सरोज शर्माले गरेका थिए । एक्सपर्ट एजुकेसनको संसारभर ४० भन्दा धेरै शाखा रहेको छ ।

अस्ट्रेलिया मेलबर्न बस्ने संस्थाका सदस्य निराजन दुलालको विशेष पहलमा फाउन्डेसन मार्फत मेलम्ची बाढी पीडितका लागि प्राप्त रु १० लाख सहयोगमध्ये मेलम्ची नगरपालिकालाई रु तीन लाख, मेलम्ची बाढी संरक्षण तथा सरोकार समितिलाई रु दुई लाख, सिमखेत फट्टे बाढी संरक्षण समितिलाई रु एक लाख २५ हजार, बाढीबाट पूर्ण क्षति भई विस्थापित २३ घर परिवारलाई जनही १५ हजारको दरले रु तीन लाख ४५ हजार र रेडियो मेलम्चीलाई रु ३० हजार रकम हिजो (बिहीबार) मेलम्चीमा एक कार्यक्रमकाबीच मेलम्चीका नगरप्रमुख डम्बर अर्याल तथा अन्य सम्बन्धित समिति तथा संस्थाका प्रतिनिधिलाई संस्थाका प्रतिनिधि देवीप्रसाद लम्साल, विकाश ज्ञवाली, कँडेल तथा सदस्य दुलालका बुबा नवराज दुलालले हस्तान्तरण गरेको समाजसेवी सिपी दुलालले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस