एमाले स्थायी कमिटी बैठक आज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले स्थायी कमिटी बैठक आज


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले) ले स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दै छ ।

बैठक अपराह्न ४ बजे ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी) र चालू संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुनेछ ।

यही असोज ४ देखि ६ गतेसम्म एमालेको विधान महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस