२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य क्षेत्रको विकासका लागि मन्त्रालय स्थापना : मुख्यमन्त्री शाक्य

अ+ अ-

बागमती । बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशमा स्वास्थ्य क्षेत्रको थप विकास गर्ने उद्देश्यले छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना गरिएको स्पष्ट पारेकी छन् ।

प्रतिमाननिमा स्मृति प्रतिठानले बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको रु एक करोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरणका लागि आज हेटौ‘डामा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाक्यले यस्तो बताएकी हुन् ।

यस अगावैको मन्त्रालयमा विभिन्न क्षेत्र समावेश गरी मन्त्रालय स्थापना भएको हुँदा स्वास्थ्य क्षेत्रको मात्र काम गर्न स्वास्थ्य मन्त्रालय आवश्यक देखिएको उनको भनाइ थियो । सोही कार्यक्रममा मुख्यमन्त्री शाक्यले प्रतिमाननिमा स्मृति प्रतिष्ठानले प्रदेश सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री आवश्यकतानुसार प्रदेशका १३ वटै जिल्लामा पठाउन निर्देशन दिए । प्रतिष्ठानले गरेको काम जनमुखी र सेवामुखी रहेको बताउँदै कोभिड १९ मात्र नभई स्वास्थ्य क्षेत्रको अन्य सेवामा प्रयोग गर्न सकिने भएकाले प्राप्त सहयोग सामग्री दुरुपयोग नगरी सदुपयोग गर्न उनले निर्देशन दिए ।

त्यस्तै, सो कार्यक्रममा नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीपकुमार कटुवाल क्षेत्रीले कोभिड–१९ को आगामी सम्भावित जोखिमलाई मध्यनजर गरी प्रदेश सरकारले आवश्यक तयारी थाल्ने जानकारी दिनुभयो । प्रतिष्ठानले सात प्रदेशमा करिब रु आठ करोडको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयलाई रु एक करोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ। विसं २००७ का प्रजातान्त्रिक योद्धा प्रतिमान चन्द बोहराको नाममा उनका छोरा दीपक बोहराले स्थापना गरेको प्रतिष्ठानले प्रदेशका मुख्यमन्त्री शाक्यको उपस्थितिमा प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले प्रदेशका स्वास्थ्यमन्त्री कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कोभिड उपचारमा सघाउ पुग्ने विविध स्वास्थ्य सामग्रीसहित अन्य स्वास्थ्य सेवाको बेलामा प्रयोग हुनेगरी मन्त्रालयलाई सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिष्ठानले गाउन दुई हजार ४०० थान, फेससिल्ड दुई हजार ३३२ वटा, एन नाइन्टी–फाइभ मास्क एक हजार ८००, मास्क आठ हजार ४००, थर्मामिटर २० थान, पीपीई २७६ थान, ग्लोब्स एक लाख थान र ११ थरिका स्वास्थ्य सामग्री सहयोग गरिएको थापाले जानकारी दिए ।