२४ घण्टामा थप १२७१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२४ घण्टामा थप १२७१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु


२४ भाद्र २०७८, बिहिबार


काठमाडौँ। पछिल्लो २४ घण्टामा थप १२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा १०५८ र ३०४६ एन्टिजेन परीक्षणमा २१३ जना गरी १२७१ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७४ हजार ५८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १८४५ रहेको छ । हाल सम्म देशभरबाट ७ लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन् ।

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । नेपालमा हाल सम्म कोरोना भाइरस संक्रमणका कारण १० हजार ९०३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ जना रहेका छन् । जसमध्ये २६ हजार ८८६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५८ जना आईसीयू र १३९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस