एमाले अध्यक्ष ओली र एमसीसीका उपाध्यक्षसहितको टोली बीच भेटबार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले अध्यक्ष ओली र एमसीसीका उपाध्यक्षसहितको टोली बीच भेटबार्ता


२४ भाद्र २०७८, बिहिबार


काठमाडौँ । अमेरिकी आर्थिक लगानी मिलिनियम च्यालेन्ज ककर्पोरेशन (एमसीसी) हेर्डक्वार्टरका उच्च अधिकारीले राजनीतिक भेटयात्रा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि सुरु गरेका छन्।

चार दिने नेपाल भ्रमणका लागि बिहिबार बिहान काठमाडौँ आएका एमसीसी उपाध्यक्ष फतेमा सुमारसहितको टोलीले एमाले अध्यक्ष ओलीसँग पहिलो भेट गरेका हुन् ।

अमेरिकी सहयोग एमसीसी सम्झौताका विषयमा भएको विवाद पछि नेपाल सरकारले सोधेको प्रश्नको जवाफ पठाएको भोलीपल्ट नै एमसीसी उपाध्यक्ष फतेमा सुमारसहितको टोली काठमाडौँ उत्रिएको थियो। नेपालमा एमसीसी परियोजना स्वीकार नहुने भन्दै तिव्र विरोधबीच काठमाडौँ उत्रिएको उक्त टोलीले एमाले अध्यक्ष ओलीलाई बालकोटस्थित निवासमा भेट गरेको छ।

सत्ताको अर्को प्रमुख गठबन्धन घटक नेकपा माओवादी केन्द्रले एमसीसीले दिएको जवाफ स्वीकार्य नभएकाले सदनबाट पास गर्न नसकिने बताएका बेला प्रमुख भेट नै ओलीदेखि सुरु गर्नुलाई महत्वपुर्ण रुपले हेरिएको छ।

ओलीपछि एमसीसीको अस्थायी कार्यालय होटेल याक एन्ड यतिमा निरिक्षण सकेपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम तय भएको छ।

त्यसपछि सत्ता घटक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेतासँग पनि भेट गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस