प्रधानसेनापति शर्माले सम्हाले कार्यभार « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानसेनापति शर्माले सम्हाले कार्यभार


२४ भाद्र २०७८, बिहिबार


काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै कार्यभार सम्हालेका हुन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी थिइन् ।

राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी थिए ।

गत भदै ११ गते सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस