महामन्त्रीमा विश्वप्रकाश शर्माद्वारा उम्मेदवारी घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महामन्त्रीमा विश्वप्रकाश शर्माद्वारा उम्मेदवारी घोषणा


२४ भाद्र २०७८, बिहिबार


काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली काँग्रेसका संस्थापक तथा जननिर्वाचित पहिलो प्रधानमन्त्री बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारेर शर्माले बीपीले लामो समय बन्दी जीवन बिताएको सुन्दरीजलमा पुगेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

काँग्रेसको महाधिवेशन नजिकिँदै गर्दा नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । महामन्त्रीमा मात्रै एक दर्जनको हाराहारीमा आकांक्षी छन् भने त्यसमध्ये केहीले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसअघि नै गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस