आज हरितालिका तीज मनाइँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज हरितालिका तीज मनाइँदै


२४ भाद्र २०७८, बिहिबार


काठमाडौँ । आज हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।

आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन छ । अघिल्लो दिन व्रतालुहरूले मीठा मीठा परिकार दरका रूपमा खाई व्रतका लागि पूर्व तयारी गरिन्छ । विशेष गरी माइती एवं दाजुभाइले छोरी चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने चलन छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ । दर खाएपछि औपचारिक रूपमा सुरु भएको तीज पर्व तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्त ऋषिको पूजा गरी तीज समापन हुन्छ ।

अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरूले असल वर र बधू प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको जानकारहरूको भनाई छ ।

सरकारले यो वर्ष पनि तीज पर्वको अवसरमा महिलालाई बिदा दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस