नेपाल सरकारलाई एमसीसीको मुख्यालयले पठायो लिखित जवाफ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल सरकारलाई एमसीसीको मुख्यालयले पठायो लिखित जवाफ


२३ भाद्र २०७८, बुधबार


काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सम्झौतामा विवादित विषयमाथि नेपाल सरकारलाई जवाफ पठाएको छ ।

एमसीसीको मुख्यालयले नेपालस्थित अमेरिकी राजदूतावासमार्फत बुधबार जवाफ पठाएको हो । सरकारले सोधेका विभिन्न ११ बुँदे प्रश्नहरुको जवाफ अमेरिकी सरकारले लिखित रुपमै फर्काएको हो । एमसीसीले सबै बुँदाको एक-एक गरी जवाफ दिएको छ ।

एमसीसी सम्झौताका विषयलाई सूचीकरण गरेर नेपाल सरकारले भदौ १८ गते वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो । उक्त पत्रको जवाफ नेपाल सरकारलाई पठाएको अमेरिकी राजदूतावासले जनाएको छ ।

एमसीसी उपाध्यक्ष फातेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स बिहीबार चार दिने नेपाल भ्रमणमा आउन लागेको पूर्वसन्ध्यामा एमसीसीले राजदूतावासमार्फत नेपाललाई विवादित बुँदाका विषयमा जवाफ पठाएको हो ।

२०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन छ । एमसीसी पास गर्ने/नगर्नेबारे नेपालका दलहरु विभाजित छन् । आम जनस्तर र बद्धिजिवि पनि अ‍ेरिकाको उक्त प्रस्तावसँग सहमत नभएको अभिव्यक्ति लगायत विभिन्न विरोधका कार्यक्रमहरु हुँदै आएको छ ।

यस्तो छ एमसीसीले नेपाललाई पठाएको जवाफको पूर्णपाठ:

Tags :
प्रतिक्रिया दिनुहोस